Dhulikhel Eco Banner new

बोटलर्स नेपाल तराईको लाभांश घोषणा

2.95K
shares

काठमाडौं, ६ मंसिर । बोटलर्स नेपाल तराईले शेयरधनीलाई नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीलाई ५० प्रतिशत अर्थात् प्रतिकित्ता शेयर बराबर ५० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।

मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।