पानीको जारमा किरा, केएम मिनिरल वाटरलाई जरिवाना
वि.सं.२०८२ वैशाख ४ बिहीवार १६:२९
shares

काठमाडौं, ४ वैशाख । ललितपुर महानगरपालिकाले उपभोक्ताको केएम मिनिरल वाटर एण्ड वेभरेज प्रालिलाई जरिवाना तिराएको छ। केएम मिनिरल वाटर एण्ड वेभरेज प्रालिले वितरण गरेको पानीको जारमा किरा भेटिएपछि २५ हजार रुपैयाँ जरिवाना तिराइएको हो।
पशु सेवा तालिम केन्द्र, ललितपुरमा पिउन ल्याइएको जारमा किरा भेटिएको गुनासोपछि महानगर प्रहरी बलले तत्काल निरीक्षण गरेको थियो। तसर्थ, पानीको गुणस्तरमा लापरवाही देखिएपछि कम्पनीलाई जरिवाना तिराइएको महानगरले जनाएको छ।
साथै, ललितपुर महानगरले आम नागरिकलाई पनि आफू उपभोग गर्ने पानीको गुणस्तरप्रति सचेत रहन आग्रह गरेको छ। यदि कुनै शंका वा समस्या देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ।

















