Dhulikhel Eco Banner new

कर्णालीका किसानलाई प्रोत्साहन, काठमाडौंमा मौलिक कृषि बजार सुरु

2.55K
shares

काठमाडौं, ४ वैशाख । कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन काठमाडौंमा उपलब्ध हुन थालेको छ। जैविक कृषि उपजको प्रयोग र प्रवद्र्धनमा केन्द्रित काठमाडौंको बूढानीलकण्ठ नगरपालिका अन्तर्गत कपनमा ‘मौलिक बजार’ सञ्चालनमा आएको छ।

देशका ७५३ वटै पालिकाबाट सङ्कलन गरिएका जैविक उत्पादनलाई उपभोक्तासम्म पुर्याउने उद्देश्यले सञ्चालनमा आएको बजारमा जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, मुगुको कोदो, डोल्पाका जडीबुटीलगायत खाद्यान्न पाइन्छ।

कर्णालीका किसानलाई खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले बजार सुरु गरिएको हो। एक स्थानीयय तह, एक उत्पादनको अवधारणा अनुसार कृषि उपजलाई ब्राण्डिङ गरेर बजार सञ्चालन भएको त्यसका सञ्चालक सुमन दाहालले बताए।

‘कर्णालीका उत्पादन मात्र नभएर मुलुकका सातवटै प्रदेशमा उत्पादन हुने कृषिसामग्री, हर्बल कस्मेटिक्स, मसला, अदुवा लसुन पेष्ट, हस्तकलाका सामान र मौलिक पहिचान भएका वस्तुको प्रवद्र्धन गर्नु बजारको उद्देश्य हो,’ दीर्घकालीन रूपमा मुलुकको कृषि र ग्रामीण विकासमा योगदान पुर्याउने लक्ष्य सुनाउँदै उनले भने।