Dhulikhel Eco Banner new

महिलाको हितमा निरन्तर अग्रसर हुँदै तारामण्डल

4.67K
shares

काठमाडौं, ५ असार । तरामण्डलको आयोजनामा महिला सुरक्षा, अधिकार र उद्यमशीलताका कुरा राजधानीस्थित पुरानो बानेश्वरमा महिला सुरक्षा, अधिकार, उद्यमशीलताका कुरा र सूचनाको हकमा महिलाको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

द्वन्द्वमा यौन हिंसा उन्मुलनको अन्ताराष्ट्रिय दिवसको अवसरमा तारामण्डल महिला सशक्तीकरण अभियानको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अभियानकी अध्यक्ष कुन्ती पोखरेलले संस्था मार्फत आफूहरूले महिलाको हितमा विगत लामो समय देखि काम गर्दै आएको अनुभव साझा गरेकी छन् । महिलाहरूले कुनै व्यवसाय गर्न बैंकबाट कर्जा निकाल्नु पर्‍यो भने श्रीमानको हस्ताक्षर समेत आवश्यक पर्ने रहेछ । एक जना १५ करोडको व्यवसाय सञ्चालन गरिरहनुभएको महिलाले बैंकबाट एक करोड ऋण निकाल्न श्रीमानको हस्ताक्षर नभएको कारण वञ्चित हुनुपरेको अवस्था छ । यो एकदमै निन्दनीय कुरा छ ।’

उनले महिलाहरू स्वरोजगार हुनुपर्नेमा जोड दिँदै उनले भनिन् महिलाहरूलाई उद्यमशीलताको बाटोमा ल्याउनुपर्छ । व्यवसायले नै जीवनस्तर उकास्न मदत गर्छ भन्ने ज्ञान हरेक महिलाहरूमा हुनु आवश्यक छ । हामीले देश भरका ४० बढी जिल्लाहरूमा पुगेर महिलाहरूलाई स्वरोजगार बनाउने कार्य गरेका छौँ । सरकारी तवरबाट पनि यस्तै काम गरियोस्’ उनले थपिन नेपालमा सशस्त्र द्वन्द्व सकिएको १६ वर्ष पुगिसकेको छ । तर त्यसबेला पीडामा परेका, हिंसामा परेका महिलाहरूले अहिलेसम्म न्यायको अनुभूति गर्न पाएका छैनन् । सरकारले त्यो अनुभूति गराउन सकेको छैन । उनिहरुलाई न्यायको अनुभूति गराउन सक्रिय संयन्त्र खडा गिरियोस् ।’

उनले विगतको ५७ महिनामा १० हजार १३१ बलात्कारका घटना भएको उल्लेख गर्दै महिलाहरूले बाटोमा हिँड्दा सुरक्षित अनुभूति गर्न नसक्नु दुखद भएको समेत जिकिर गरेकी छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगकी आयुक्त तथा कार्यक्रमकी प्रमुख अतिथि कमला ओलीले महिलाहरूलाई आफ्नो हक र अधिकारको विषयमा जानकारी गराएकी छन् । कार्यक्रममा उपस्थित भएका करिब दुई सय जना महिलाहरूलाई आफ्नो हक हित र अधिकारको लागि आफै लड्न र सूचनाको हकमा पछि नपर्न उनले अनुरोध गरेकी हुन् ।
उनले सरकारी कार्यालय भित्रै पनि महिलाहरू माथि हिंसा भएको उदाहरण दिँदै भनिन् ‘सरकारी कार्यालय भित्रै पनि महिला माथि हिंसा भएका घटनाहरू प्रशस्तै छन् । हिंसाको स्वरूप फरक होला तर हरेक प्रकारको हिंसाको विरुद्धमा महिलाहरू जागरूक हुन आवश्यक छ । केही दिन अघि संविधानले महिलाहरूलाई दिएको सुत्केरी बिदाको अधिकारबाट समेत एक महिला वञ्चित भएको घटना मसँग आइपुगेको थियो । यस्ता घटना धेरै हुन्छन् महिलाहरू यसमा आफै जागरूक हुन आवश्यक छ ।’

त्यस्तै कार्यक्रमकी विशेष अतिथि तथा सञ्चारीका समूहकी अध्यक्ष विमला तुमखेवाले शिक्षाले भन्दा पनि आत्मनिर्भरताले महिला हिंसा अन्त्य गर्ने बाटोमा समाजलाई लैजाने बताएकी छन् । उनले भनिन् ‘हामीलाई लाग्छ शिक्षाले हिंसाको अन्त्य गर्छ । तर शिक्षाले मात्रै पनि महिला हिंसाको अन्त्य गर्छ भनेर भन्न सकिने अवस्था छैन । त्यस्तो हुँदो हो त शिक्षित र विकसित देशमा महिला हिंसाको घटना नहुनु पर्ने हो । त्यसैले महिलाहरू स्वरोजगार हुनुपर्छ, आत्मनिर्भर हुनुपर्छ ।’

कार्यक्रममा काठमाडौं महानगरपालिका ९ कि जनप्रतिनिधि सिर्जना भेटवाल, सखी प्रतिष्ठानकी अध्यक्ष मञ्जीला अनिलशर्मा, राप्रपाका केन्द्रीय सदस्यहरू सिर्जना रानी वर्मा, सरस्वती लामा, नानु नगरकोटी लामा, स्वाती थापा र मधेसी आयोगकी प्रतिनिधि रेणु देवी साह लगायतको उपस्थिति रहेको थियो ।