मर्जरको कामलाई भाबि सन्ततिले राम्रो कामका रुपमा सम्झिने छन् : अध्यक्ष सिलवाल (भिडियाे सहित)
वि.सं.२०८० वैशाख ६ बुधवार ११:५२
shares

काठमाडाै, ७ चैत । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले मर्जरबाट कम्पनीको क्षमतामा वृद्धि हुने बताएका छन् । सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकीकृत कारोबार शुभारम्ब कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले ठूला कम्पनीहरु मर्जर हुँदा कम्पनी र कर्मचारीको क्षमता वृद्धि हुने उनले बताएका हुन् ।
पुँजी वृद्धि समयका आवश्यकता भएको बताएका अध्यक्ष सिलवालले मर्जरलाई भावी सन्ततीले राम्रो काम गरेको भनेर सम्झने बताए । ‘सशक्त कम्पनीहरू बन्लान भनेर मर्जर गरिएको हो । नियामकले जगाभावी निर्णय गर्दैन । विश्लेषण गरेर नै निर्णयहरू गरिएको हो,’ उनले भने ।
कम्पनीहरुले ३० हजारको दाबी भुक्तानीका लागि पनि केन्द्रमा आउनु पर्ने बाध्यता रहेको भन्दै शाखाहरुबाट नै बीमा दाबी भुक्तानीको व्यवस्था गरिनु पर्ने आवश्यकता रहेको अध्यक्षा सिलवालले बताए । ‘जति बढी क्लेम तिर्नुहुन्छ उति बढि व्यवसाय बढ्छ । जुन कम्पनीले जुन पोर्टफोलियोको क्लेम दिदैन अब पोर्टफोलियो रोक्छौँ,’ सिलवालले भने ।

















