नेपाल विद्युत प्राधिकरणद्वारा २६५ कर्मचारी माग
वि.सं.२०८२ पुस १८ शुक्रवार १०:०८
3.63K
shares
shares

काठमाडौं, १८ पुस । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल तथा सुपरभाइजर पदमा गरी कुल २६५ जनाको माग गरेको हो।
सूचना अनुसार सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता तथा अनुभव पूरा भएका इच्छुक उम्मेदवारले माघ ८ गतेसम्म तोकिएको दस्तूर बुझाई आवेदन दिन सक्नेछन्। सो म्यादभित्र आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तूर तिरी माघ १५ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।




















