Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला २ हजार ९ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

4.34K
shares

काठमाडौं, १८ पुस । स्थानीय बजारमा शुक्रवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीवार प्रतितोला २ लाख ५९ हजार ६ सयमा कारोबार भएको सुनको मुल्य शुक्रवार २ हजार ९ सयले बढेर तोलामा २ लाख ६२ हजार ५ सयमा कायम भएको हो ।

त्यस्तै, शुक्रवार चाँदीको मुल्य पनि ११० रुपैयाँले बढेको छ । बिहीवार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य शुक्रवार तोलामा ४ हजार ५२५ रुपैयाँमा कायम भएको छ ।