Dhulikhel Eco Banner new

पहिलो पाँच महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

7.98K
shares

काठमाडौं, २५ पुस । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालमा ८ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह भने ४.७ प्रतिशतले मात्र वृद्धि भएको थियो, जसको तुलनामा चालु वर्षमा उल्लेखनीय सुधार देखिएको छ।

राष्ट्र बैंकका अनुसार २०८२ मंसिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा भने १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा डलरमा रेमिट्यान्स आप्रवाह ३.४ प्रतिशतले मात्र बढेको थियो।

यसैगरी, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ४३ करोड रुपैयाँ रहेको थियो।

वैदेशिक रोजगारीतर्फ हेर्दा, समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत, नयाँ० लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १३ हजार ४२५ रहेको थियो।