Dhulikhel Eco Banner new

मंगलबारबाट सर्वसाधारणका लागि खुल्दै सोलु हाइड्रोपावरको आईपीओ

4.29K
shares

काठमाडौं, २७ पुस । सोलु हाइड्रोपावरले पुस २९ गतेदेखि सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता साधारण शेयर निष्कासन अनुमति पाइसकेको छ।

आईपीओको पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयलाई शेयर जारी गरिसकेको कम्पनीले, सामूहिक लगानी कोषका लागि ५ लाख र कर्मचारीका लागि ३ लाख कित्ता छुट्याएको छ। बाँकी ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको छ।

सर्वसाधारणले न्यूनतम १० र अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन बैंक तथा वित्तीय संस्था, शाखा कार्यालय वा सीडीएससीको ‘मेरो शेयर’ प्लेटफर्ममार्फत दिन सकिन्छ। आईपीओको बिक्री माघ ४ देखि माघ १४ सम्म सञ्चालन हुनेछ। बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।