सिन्धु विकास बैंकका कामु सीईओमा केसी नियुक्त
वि.सं.२०८२ माघ ६ मंगलवार १३:२९
3.15K
shares
shares

काठमाडौं, ६ माघ । सिन्धु विकास बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा गणेश कुमार केसी नियुक्त भएका छन्।
बैंकको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत केसीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। उक्त निर्णयअनुसार केसीलाई माघ १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ।















