बालकोटको एक फर्मलाई ५० हजार जरिवाना, १२ फर्मको बजार अनुमगन
वि.सं.२०८२ माघ ७ बुधवार ११:०४
shares

काठमाडौं, ७ माघ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुमगनका क्रममा कैफियत भेटिएपछि भक्तपुरको सूर्यविनायक–२, बालकोटमा रहेको खिलुङ्गा कालिका मार्केटिङ प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
विभागका अनुसार अनुमगनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतका गतिविधि फेला परेपछि उक्त फर्मलाई कारबाही गरिएको हो। कानुन उल्लङ्घन भएको पुष्टि भएपछि विभागले जरिवाना तोकेको जनाएको छ।
यस्तै, विभागले सोही क्रममा थप १२ वटा फर्ममा पनि स्थलगत अनुमगन तथा निरीक्षण गरेको छ। निरीक्षणका क्रममा विभिन्न फर्ममा देखिएका कमजोरी तत्काल सुधार गर्न विभागले आवश्यक निर्देशन दिएको छ।
विभागले बजारलाई व्यवस्थित बनाउन तथा उपभोक्ताको हकहित संरक्षण सुनिश्चित गर्न नियमित रूपमा बजार अनुमगन गर्दै आएको जनाएको छ। स्थानीय प्रशासन र उपभोक्ता अधिकारकर्मीको सहभागितामा अनुमगन गरिएको भन्दै विभागले आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर जारी रहने स्पष्ट पारेको छ।

















