Dhulikhel Eco Banner new

खुद ब्याज र सञ्चालन आम्दानी बढ्दा पनि एनएमबि बैंकको नाफा घट्यो

2.37K
shares

काठमाडौं, १५ माघ । एनएमबि बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ अर्ब २५ करोड ३२ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालू आवको सोही अवधिमा १२.१८ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड १४ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।

यस अवधिमा बैंकको खुद फी तथा कमिशन आम्दानी पनि बढेको छ। अघिल्लो वर्षको पुस मसान्तसम्म १ अर्ब १० करोड ८३ लाख रुपैयाँ रहेको उक्त आम्दानी चालू आवमा बढेर १ अर्ब ३४ करोड २९ लाख रुपैयाँ पुगेको छ। परिणामस्वरूप बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब ६८ करोड ४६ लाख रुपैयाँबाट बढेर ६ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ कायम भएको छ।

आम्दानीमा वृद्धि देखिए तापनि इम्पेयरमेन्ट चार्जमा तीव्र वृद्धि हुँदा बैंकको नाफामा भने दबाब परेको छ। गत आवको पुस मसान्तसम्म ३४ करोड ४७ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज चालू आवको सोही अवधिमा बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ पुगेको छ।

इम्पेयरमेन्ट खर्च बढेसँगै बैंकको खुद नाफा २ अर्ब ३५ लाख रुपैयाँबाट घटेर १ अर्ब ६४ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, सञ्चालन नाफा पनि २ अर्ब ९६ करोड २८ लाख रुपैयाँबाट घटेर २ अर्ब ५१ करोड रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँबाट घटेर ५६ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २०।७८ रुपैयाँबाट घटेर १७।१० रुपैयाँमा झरेको छ। गैर–कार्यशील कर्जा ९एनपीएल० ३।९६ प्रतिशतबाट बढेर ४।५६ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६८।७५ रुपैयाँ कायम भएको छ। बैंकको मूल्य आम्दानी अनुपात १३।९८ गुणा रहेको छ।

१९ अर्ब २८ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको एनएमबि बैंकको जगेडा कोषमा १३ अर्ब ३७ करोड ६८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म बैंकले २ खर्ब ३९ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने २ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।