हिमालयन बैंकको खुद नाफामा गिरावट
वि.सं.२०८२ माघ १५ बिहीवार ११:०२
shares

काठमाडौं, १५ माघ । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मसम्ममा १ अर्ब २९ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधीको तुलनामा १५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ रहेको थियो ।
यता, बैंकको खुद ब्याज आम्दानी समेत १०.१८ प्रतिशतले घटेर ४ अर्ब ७० करोड २३ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ५ अर्ब २३ करोड ५६ लाख रुपैयाँ रहेको थियो ।
बैंकको सञ्चालन नाफा समेत ३ अर्ब १२ करोड ३३ लाख रुपैयाँबाट घटेर १ अर्ब ८५ करोड ३७ लाख रुपैयाँमा समिति भएको छ । यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी ११.४५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७४.२३ रुपैयाँमा पुगेको हो ।
समिक्षा अवधिमा बैंकको चुक्तापूँजी २२ अर्ब ५८ करोड, वितरणयोग्य मुनाफा ९ अर्ब ७ करोड ३० लाख रुपैयाँ ऋणात्मक, खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.९६ प्रतिशत पुगेको छ ।


















