ईनार सफा गर्ने क्रममा डुबेर एक जनाको मृत्यु
वि.सं.२०७९ असार १४ मंगलवार १६:५०
6.44K
shares
shares
काठमाडौं, १४ असार । सुर्खेतमा ईनार सफा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्लाको भेरीगंगा नगरपालिका १० तोलिखोलामा ईनार सफा गर्ने क्रममा सोहि नगरपालिका वडा नम्बर ४ ताउले बस्ने ३० बर्षिया याम बहादुर दमाईको ईनारमा डुबेर मृत्यु भएको हो ।
मंगलवार बिहान ८ बजे ईनारमा डुबेका दमाईको ११ बजे सशस्त्र प्रहरी, सेना र प्रहरीको टोलीले शव निकालेको थियो । शबको पोष्टमाटमका लागि अस्पताल पठायएको प्रहरीले जनाएको छ ।

















