Dhulikhel Eco Banner new

बुद्धभूमी नेपाल हाइड्रोपावरले हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट पायो अनुमति

3.07K
shares

काठमाडौं, २२ माघ । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले माघ २१ गते कम्पनीलाई हकप्रद शेयर सम्बन्धी नियम र विवरणहरू प्रकाशित गर्न स्वीकृति दिएको हो।

यससँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ४० लाख कित्ता हकप्रद शेयर १ बराबर १ को अनुपातमा निष्काशन गर्न पाउने भएको छ । अर्थात् हकप्रद निष्काशनका लागि कम्पनीले अब तय गर्ने बूक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूले आफूसँग जति कित्ता शेयर छ त्यति नै परिणामको हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ।