Dhulikhel Eco Banner new

प्रतितोला ९ हजार ५ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.76K
shares

काठमाडौ, २४ माघ । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९१ हजारमा कारोबार भएको छापावाल सुन आइतवार बढेर प्रतितोला ३ लाख ५ सयमा कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, आइतवार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर आइतवार ५ हजार १० रुपैयाँमा कायम भएको छ । यसअघि चाँदी प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो ।