जीवन विकास लघुवित्तको खुद नाफामा ८९ प्रतिशत वृद्धि, हेर्नुस् अन्य वित्तीय सूचक कस्तो ?
वि.सं.२०८२ माघ २६ सोमवार १०:१२
shares

काठमाडौं, २६ माघ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिकसम्म ३८ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधीको तुलनामा ८९.३७ प्रतिशत बढि हो ।
गत आवको पुस मसान्तसम्म २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी समीक्षा अवधिमा ९४ करोड ८१ लाख रुपैयाँबाट ९.७६ प्रतिशतले बढेर १ अर्ब करोड ४ करोड ६ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी १ अर्ब १२ करोड ४३ लाख रुपैयाँबाट ६ प्रतिशतले बढेर १ अर्ब १९ करोड २० लाख रुपैयाँ नाघेको छ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि २९ करोड ३४ लाख रुपैयाँबाट १३९.३१ प्रतिशतको भारी वृद्धि सहित ७० करोड २३ लाख रुपैयाँ पुगेको तथ्यांकले देखाएको छ। कम्पनीको प्रतिशेयर आम्दानी पनि ३०.४९ रुपैयाँबाट बढेर ५०।६५ रुपैयाँ कायम हुन पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ४.५६ प्रतिशतबाट बढेर ५.९८ प्रतिशत पुगेको छ। पुस मसान्तसम्म वितरणयोग्य मुनाफा १ अर्ब १० करोड ३९ लाख रुपैयाँ रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ २६६.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.९२ गुणा र तरलता अनुपात ९.९२ प्रतिशत रहेको छ।
चुक्ता पूँजी १ अर्ब ५३ करोड ६१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडामा १ अर्ब १० करोड ३९ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ६१ करोड ७४ लाख रुपैयाँ रहेको छ। कम्पनीले १४ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ३९ करोड १७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। कम्पनीको सम्पत्तिको कुल मूल्य ३१ अर्ब ३५ करोड ५८ लाख रुपैयाँभन्दा माथि रहेको छ।















