Dhulikhel Eco Banner new

मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

6.27K
shares

काठमाडौं, १५ असार । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने समय थप भएको छ । कम्पनीले असार २२ गतेसम्म आवेदन दिने समय थप गरेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि असार १ गतेदेखि आईपीओ निष्कासन गरेको हो । स्थानीयमा जारी पूँजी रू. ५८ करोड ८० लाख ३६ हजार ९०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता साधारण शेयर निष्कासन गरेको हो ।

यो शेयर खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविककको सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धिताल गा.वि.स.का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यो आईपीओ खरीदका लागि मन्दाकिनी हाइड्रोपावरको रजिष्ट्रार कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

इच्छुक खरीदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।