उच्च अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो
वि.सं.२०८२ फागुन १० आइतवार १५:०७
shares

काठमाडौं, १० फागुन । आइतवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार २७.५९ अंकले घटेर २,६१४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२० कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ६९ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी बुद्धभूमि नेपाल जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ८.९२ प्रतिशतका दरले गुमाएका छन् ।

















