राष्ट्र बैंकद्वारा ६ अर्ब ३४ करोड मुद्दति निक्षेपमा लगानी गर्ने
वि.सं.२०८२ फागुन १४ बिहीवार १७:३४
shares

काठमाडौं, १५ फागुन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ६ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रकम लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले विभिन्न कोषमा मौज्दात रहेको ६ अर्ब ३४ करोड १७ लाख रुपैयाँ मुद्दति निक्षेपमार्फत लगानी गर्न लागेको हो।
राष्ट्र बैंकले यसका लागि फागुन १७ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको जनाएको छ।
कुल लगानी रकममध्ये ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँ वाणिज्य बैंकमा, ९५ करोड १२ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र ३१ करोड ७० लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा मुद्दति निक्षेपका रूपमा राखिनेछ।
राष्ट्र बैंकका अनुसार उक्त लगानी सन् २०२६ मार्च १३ देखि २०२७ फेब्रुअरी १३ सम्म, ३६६ दिनको अवधिका लागि हुनेछ।















