माघ मसान्तसम्म २५१ मेट्रिक टन होली रङ भित्रियो, ३ करोडभन्दा बढी राजस्व संकलन
वि.सं.२०८२ फागुन १८ सोमवार १२:४०
shares

काठमाडौं, १८ फागुन । होली पर्व नजिकिँदै जाँदा नेपालमा प्रयोग हुने रङको आयात उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांकअनुसार १५ करोड ६१ लाख रुपैयाँ बराबरको रङ आयात भएको छ ।
विभागका अनुसार उक्त अवधिमा कुल २५१.९७ मेट्रिक टन रङ नेपाल भित्रिएको छ । सो परिमाणको रङ आयात हुँदा सरकारले ३ करोड ३८ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
नेपालमा होलीका लागि प्रयोग हुने रङ मुख्यतः भारत, चीन, जर्मनी, कतार र संयुक्त अरब इमिरेट्स (युएई) लगायतका देशबाट आयात हुने गरेको भन्सार विभागले उल्लेख गरेको छ ।

















