Dhulikhel Eco Banner new

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सोपान फर्मास्युटिकल्सको आईपीओ खुला

2.78K
shares

काठमाडौं, ९ चैत । सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा आईपीओ निष्काशन खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ४२ लाख ९० हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट फागुन १७ गते अनुमति प्राप्त गरेको हो।

सोमध्ये पहिलो चरणमा ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। त्यसपछि २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि दोस्रो चरणमा निष्काशन गरिने कम्पनीले जनाएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन अवधि चैत ९ गतेदेखि चैत १२ गतेसम्म रहनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।