Dhulikhel Eco Banner new

लुम्बिनी विकास बैंकका संस्थापक सेयर बिक्रीमा

२०,२९० कित्ता सेयर सर्वसाधारणका लागि खुला

4.17K
shares

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाएका छन्। बैंकले दोस्रो पटक सूचना प्रकाशित गर्दै इच्छुक व्यक्ति तथा संस्थालाई सेयर खरिदका लागि आवेदन दिन आह्वान गरेको हो।

प्रकाशित सूचनाअनुसार संस्थापक सेयरधनी प्रकाश मान श्रेष्ठले आफ्नो नाममा रहेको २० हजार २९० कित्ता संस्थापक सेयर बिक्री गर्न स्वीकृतिका लागि सञ्चालक समितिमा आवेदन दिएका थिए। यसअघि विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै सूचना जारी गरिएको भए पनि तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेपछि अब अन्य इच्छुक व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार नेपाल राष्ट्र बैंकले तोकेको योग्यतापूर्वक संस्थापक सेयर खरिद गर्न सक्ने व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, डिल्लीबजार काठमाडौंमा निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस प्रक्रियाबाट संस्थापक सेयर संरचनामा परिवर्तन आउने सम्भावना रहेको छ। बैंकले प्रचलित नियमअनुसार पारदर्शी ढंगले सेयर बिक्री प्रक्रिया अघि बढाइने जनाएको छ।

लुम्बिनी विकास बैंक लिमिटेड ‘ख’ वर्गको इजाजतपत्रप्राप्त विकास बैंक हो, जसले देशभर वित्तीय सेवा विस्तार गर्दै आएको छ। संस्थापक सेयर बिक्री खुला गरिएसँगै योग्य लगानीकर्ताबीच यसमा चासो बढ्ने अपेक्षा गरिएको छ।