Dhulikhel Eco Banner new

एनआरएन इन्फ्रास्टक्चरमा नेतृत्व परिवर्तन, ज्ञानेन्द्र ढुङ्गाना अध्यक्ष नियुक्त

3.76K
shares

काठमाडौं, १७ चैत । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडमा नेतृत्व परिवर्तन भएको छ। कम्पनीले सञ्चालक समितिको निर्णयअनुसार नयाँ अध्यक्ष नियुक्त गरेको जानकारी नियामक निकाय नेपाल स्टक एक्सचेन्जलाई गराएको हो।

कम्पनीका अनुसार २०८२ चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरेको छ। उक्त निर्णय कार्यान्वयनमा आइसकेको र संस्थागत प्रक्रियाअनुसार सम्बन्धित निकायलाई जानकारी गराइएको कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरेको पत्रमार्फत अध्यक्ष परिवर्तनको औपचारिक जानकारी दिइएको हो। व्यवस्थापन पक्षका अनुसार संस्थाको नेतृत्वलाई थप प्रभावकारी बनाउँदै आगामी रणनीतिहरूलाई गति दिन यो निर्णय गरिएको हो।

पूर्वाधार विकास क्षेत्रमा सक्रिय रहेको एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडमा नयाँ नेतृत्वसँगै कार्यदिशा र सञ्चालन प्रणालीमा थप स्पष्टता आउने अपेक्षा गरिएको छ। कम्पनीले दीर्घकालीन लक्ष्यहरू हासिल गर्न संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिएको जनाएको छ।