Dhulikhel Eco Banner new

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद वैशाख १३

741
shares

काठमाडौं — Buddhabhumi Nepal Hydropower Company Limited ले जारी गरेको हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद सार्वजनिक गरेको छ। कम्पनीले १ः१ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा लगानीकर्ताले अब वैशाख १३ गते (बैंकिङ समयसम्म) मात्रै आवेदन दिन सक्नेछन्।

कम्पनीले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन सुरु गरेको थियो। यसअन्तर्गत साविक शेयरधनीहरूले आफूले धारण गरेको प्रत्येक १ कित्ता शेयर बराबर थप १ कित्ता शेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। कुल ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरिएको कम्पनीले जनाएको छ।

यस हकप्रद शेयरमा आवेदन दिनका लागि २०८२ माघ २५ गतेसम्म कायम शेयरधनीहरू योग्य हुनेछन्। तोकिएको समयभित्र आवेदन नदिने लगानीकर्ताले आफ्नो अधिकार गुमाउने भएकाले समयमै आवेदन दिन कम्पनीले आग्रह गरेको छ।

कम्पनीका अनुसार हकप्रद शेयरसम्बन्धी विस्तृत जानकारी “नयाँ पत्रिका” दैनिकमा प्रकाशित सूचनामा तथा कम्पनीको आधिकारिक वेबसाइट र बिक्री प्रबन्धकको वेबसाइटमार्फत हेर्न सकिनेछ।

उक्त हकप्रद शेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा NIC Asia Capital Limited रहेको छ। लगानीकर्ताले सोही संस्थामार्फत तथा तोकिएका बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।