बजार अनुगमनमा तीन व्यावसायिक फर्मलाई जरिबाना
वि.सं.२०८३ वैशाख २६ शनिवार ११:४७
shares

काठमाडौं, २६ वैशाख । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कानुनविपरीत गतिविधि गरेको पाइएपछि तीनवटा व्यावसायिक फर्मलाई जरिबाना गरेको छ।
विभागले शुक्रबार काठमाडौं र ललितपुरका २३ वटा पसल तथा फर्ममा अनुगमन गरेको थियो। अनुगमनका क्रममा उपभोक्ता संरक्षणसम्बन्धी नियम उल्लंघन गरेको भेटिएपछि तीन फर्मलाई नगद जरिबाना गरिएको विभागले जनाएको छ।
विभागका अनुसार काठमाडौं महानगरपालिका–३१, शंखमुलस्थित सिइजलाई १० हजार रुपैयाँ जरिबाना गरिएको छ। त्यसैगरी, काठमाडौं–३२ सहयोगीमार्गमा रहेको सत साहेब कस्मेटिक स्टोर र काठमाडौं–१०, बानेश्वरस्थित चाँद ब्युटी कलेक्सन सेन्टरलाई जनही १०–१० हजार रुपैयाँका दरले जरिबाना गरिएको विभागले जनाएको छ।
यसैबीच, ललितपुरको सादोबाटोमा रहेको लाइफ स्टाइल एपेरियल्स प्राइभेट लिमिटेडलाई व्यवसायसँग सम्बन्धित दर्ता, इजाजतपत्र, करचुक्ता तथा खरिद–बिक्री बिललगायत कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
अनुगमन गरिएका अन्य २० वटा पसल तथा फर्मलाई भने सामान्य निर्देशन दिइएको विभागले जनाएको छ। तीमध्ये मार्ट, सप्लायर्स, कस्मेटिक पसल, किराना स्टोर तथा ट्रेडिङ कम्पनीहरू रहेका छन्।















