साना किसानका लागि बाली तथा पशुधन बीमा दायरा विस्तार गरिने
वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०४
shares

काठमाडौं, २८ वैशाख । सरकारले साना किसान लक्षित बाली तथा पशुधन बीमाको दायरा विस्तार गर्ने भएको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उक्त व्यवस्था समावेश गरिएको हो। सरकारका अनुसार बाली तथा पशुधन बीमालाई विस्तार गर्दै बीमालेख जारी गर्ने, प्रिमियम अनुदान भुक्तानी गर्ने तथा दाबी प्रक्रिया डिजिटल प्रणालीमार्फत सञ्चालन गरिनेछ।
नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा जोखिम न्यूनीकरण गर्न बीमा प्रणालीलाई प्रभावकारी बनाइने उल्लेख छ। डिजिटल प्रणालीमा आबद्ध भएपछि बीमा सेवा छिटो, पारदर्शी र सहज हुने अपेक्षा सरकारको छ।
सरकारले यस कदमबाट साना किसानको आय सुरक्षा र कृषि क्षेत्रको दीगो विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।















