Dhulikhel Eco Banner new

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी

2.98K
shares

काठमाडौं, ७ जेठ । नेपाल बीमा प्राधिकरणले ६ बीमा कम्पनीहरुलाई २र२ लाख रुपैयाँ जरिवाना गरेको छ । प्राधिकरणको जेठ ३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्राधिकरणले फास्ट ट्र्याकको पिआईमा निर्धारण गरिएको मापदण्डभन्दा कम दरमा बीमा लेख जारी गरेको तथा स्वेच्छाचारी रूपमा बीमालेख रद्द गरेको भन्दै सो इन्स्योरेन्स कम्पनीहरूलाई कारबाही गरेको हो ।

प्राधिकरणले युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स र नेको इन्स्योरेन्सलाई जनही २र२ लाख रुपैयाँ जरिवाना गरेको हो ।