Dhulikhel Eco Banner new

अप्पर माई जलविद्युत आयोजना पुनः सञ्चालनमा

598
shares

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले सञ्चालन गर्दै आएको अप्पर माई जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ । टनेल आउटलेटस्थित मेन होलमा गत २०८३ वैशाख ७ गते अपरान्ह आकस्मिक क्षति भएपछि विद्युत उत्पादन रोकिएको थियो ।

कम्पनीका अनुसार क्षति भएको स्थानमा आवश्यक मर्मत तथा सम्भार कार्य सम्पन्न गरी परीक्षणपछि आयोजना पुनः सञ्चालनमा ल्याइएको हो । मिति २०८३ जेठ ७ गते बिहान १० बजेदेखि विद्युत उत्पादन सुचारु गरिएको कम्पनीले जनाएको छ ।

उत्पादन बन्द भएपछि केही समय विद्युत आपूर्ति प्रभावित भए पनि प्राविधिक समस्या समाधान गरी प्रणालीलाई सामान्य अवस्थामा फर्काइएको कम्पनीको भनाइ छ ।

कम्पनीले पुनः सञ्चालनको जानकारी नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत गराइसकेको छ । विद्युत उत्पादन सुचारु भएसँगै आयोजना पुनः नियमित सञ्चालनमा फर्किएको छ ।