Dhulikhel Eco Banner new

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको संस्थापक शेयर बिक्रीमा

1.39K
shares

काठमाडौं, २२ जेठ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी आवेदन दिनु पर्नेछ । तोकिएको अवधिभित्र शेयर खरिदका लागि आवेदन नपरेमा संस्थापक सेयरधनी बाहेकका व्यक्ति तथा कम्पनीका लागि उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।