हिमालयन र सिभिलबीच अन्तिम छलफल आज, कहिले होला मर्जर सम्झौता ?
वि.सं.२०७९ असार २२ बुधवार ०९:५५
shares

काठमाडौं, २२ असार । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरमा जाने विषयमा आज मंगलबार अन्तिम छलफल हुने भएको छ । मंगलबार दिउसो दुबै बैंकका मर्जर समितिको बैठक बसी निष्कर्श निकाल्ने तयारी छ ।
हिमालयन बैंकका सञ्चालक सुनिलबहादुर थापाले मर्जरका लागि अन्तिम छलफल चलिरहेको बताए । तर मर्जर सम्झौता कहिले हुने भन्ने विषयमा भने टुंगो लाग्न बाँकी रहेको उनले बताए । ‘वार्ता चलिरहेको छ, टुंगोमा पुग्न बाँकी छ’ उनले भने, ‘वार्ता टुंगोमा पुगेपछि मात्रै समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।’
अर्का सञ्चतालका अनुसार मर्जर समितिको संयुक्त बैठक बसेर सहमति हुन बाँकी विषयहरुमा सहमति गराउने तयारी छ । उनका अनुसार स्वाप रेसियोको विषयमा लगभग सहमति जुटेको छ । १००ः८० का दरले सहमतिको नजिक पुगेको उनले बताए ।
सञ्चालक समितिमा कुन बैंकको तर्फबाट कोको रहने भन्ने विषय लगायतका केही बुँदाहरुमा भने सहमतिको प्रयास भइरहेको छ । ‘सहमति भए आजै सम्झौता हुन पनि सक्छ नभए, शुक्रबारसम्म हस्ताक्षर गर्ने तयारी तयारी गरिहेको छ’ ति सञ्चालकले भने ।















