Dhulikhel Eco Banner new

आजका लागि विनिमयदर सार्वजनिक : अमेरिकी डलर १५१ रुपैयाँ ८८ पैसामा 

741
shares

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि प्रमुख विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा तोकिएको छ।

युरोपेली युरो एकको खरिद–बिक्रीदर क्रमशः १७५ रुपैयाँ ७० पैसा र १७६ रुपैयाँ ४० पैसा रहेको छ भने बेलायती पाउण्ड स्टर्लिङ २०३ रुपैयाँ ६३ पैसा र २०४ रुपैयाँ ४४ पैसामा निर्धारण गरिएको छ। स्वीस फ्र्याङ्क १९० रुपैयाँ ५३ पैसा र १९१ रुपैयाँ २८ पैसा, अस्ट्रेलियन डलर १०७ रुपैयाँ ०१ पैसा र १०७ रुपैयाँ ४४ पैसा तथा क्यानेडियन डलर १०८ रुपैयाँ ५७ पैसा र १०९ रुपैयाँमा कायम गरिएको छ।

खाडी र एसियाली मुद्रातर्फ साउदी रियाल ४० रुपैयाँ ४७ पैसा र ४० रुपैयाँ ६३ पैसा, कतारी रियाल ४१ रुपैयाँ ६६ पैसा र ४१ रुपैयाँ ८२ पैसा, युएई दिराम ४१ रुपैयाँ ३५ पैसा र ४१ रुपैयाँ ५१ पैसामा तोकिएको छ। कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४९६ रुपैयाँ २७ पैसा रहेको छ। छिमेकी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदर आवश्यकताअनुसार जुनसुकै बेला संशोधन हुन सक्ने स्पष्ट पारेको छ। वाणिज्य बैंकहरूको दर भिन्न हुन सक्ने भएकाले अद्यावधिक जानकारीका लागि केन्द्रीय बैंकको आधिकारिक वेबसाइट हेर्न सुझाइएको छ।