Dhulikhel Eco Banner new

अब मौखिक आदेशमै बैंक खाता रोक्का हुने

1.2K
shares

काठमाडौं, ११ असार । अब नागरिकले बैैंक तथा वित्तिय अपराध भएमा तत्कालै मौखिक आदेश दिएमा खाता रोक्का हुने व्यवस्था लागू हुने भएको छ।

जसको लागि राष्ट्र बैंकले २४ औं घण्टा सेवा प्रवाह गर्न बैंकहरुलाई आग्रह गरेका हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले वित्तीय अपराध न्यूनीकरणका लागि कुनै कसुरको अनुसन्धान गर्ने वा कानून कार्यान्वयन गर्ने अधिकारीको मौखिक वा लिखित अनुरोध प्राप्त भएमा सम्बन्धित बैंक खाता अल्पकालीन अवधिका लागि रोक्का राख्न २४ सै घण्टा र सातै दिन कार्य गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

राष्ट्र बैंकले यस्तो समन्वय सहज बनाउन प्रत्येक बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा यससम्बन्धी कार्यका लागि समर्पित (डेडिकेटेड) सम्पर्क नम्बर राख्नुपर्ने व्यवस्था पनि गरेको छ ।

त्यसैगरी, अनुसन्धान गर्ने वा कानून कार्यान्वयन गर्ने निकायले बैंकसँग कुनै खातासम्बन्धी विवरण माग गरेमा सोझै र यथाशीघ्र उपलब्ध गराउने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।