Dhulikhel Eco Banner new

नेदरल्यान्ड्सलाई पेनाल्टीमा पराजित गर्दै मोरक्को अन्तिम १६ मा

923
shares

काठमाडौं — फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएको छ। नियमित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म खेल १–१ बराबरीमा टुंगिएपछि नतिजाका लागि पेनाल्टीको सहारा लिनुपरेको थियो।

खेलको ७२औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रतामा पुर्‍याएका थिए। जित पक्का देखिएको बेला इन्जुरी समयको सुरुवाती मिनेटमै इस्सा डियोपले बराबरी गोल गर्दै मोरक्कोलाई फेरि खेलमा फर्काए।

अतिरिक्त समयमा मोरक्कोले निरन्तर दबाब कायम राखे पनि निर्णायक गोल भने आउन सकेन। त्यसपछि भएको पेनाल्टी सुटआउटमा मोरक्कन खेलाडीहरूले संयमित प्रदर्शन गर्दै टोलीलाई अन्तिम १६ मा पुर्‍याए।

पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै मोरक्कोले विश्वकप यात्रा निरन्तरता दिएको छ, जबकि नेदरल्यान्ड्सको उपाधि अभियान राउन्ड अफ ३२ मै समाप्त भएको छ। अब मोरक्कोले अन्तिम १६ मा क्यानडासँग भिड्नेछ।