Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

793
shares

काठमाडौं, १६ असार । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २४.६३ अंकले घटेर २६०८.३३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ३अर्ब २५ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.०३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि याम्बालिङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ८.२३ प्रतिशतका दरले गुमाएका छन् भने सोपान फार्मास्यूटिकल्स लिमिटेडका लगानीकर्ताले ५.९० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले ५.४९ प्रतिशतका दरले गुमाएका छन् भने शुद्ध ऊर्जा लिमिटेडका लगानीकर्ताले ५.४८ प्रतिशतका दरले गुमाएका छन् ।