Dhulikhel Eco Banner new

नर्वेमा नेपाली समुदायबीच १० टोलीको प्रतिस्पर्धासहित रनिङ कप भलिबल हुँदै

806
shares

काठमाडौं, २४ असार । नेपाली जन सम्पर्क समिति जे एस एस नर्बेको औँ रनिङ्ग कप भलिबल प्रतियोगिता यही जुलाई १२ तारीकको अन्तिम तयारी पूरा भएको आयोजक समितिका संयोजक चक्र बिक्रम शाहीले बताए ।

स्वास्थ्य र मनोरनजनको साथ नेपाली समुदायको एकता, सद्भाव, आपसी सद्भाव एब भाइचाराको सम्बन्ध र सामाजिक उत्तरदायित्व प्रतिबद्धताले आगामी प्रतियोगिता अझ प्रभावकारी हुने बताईएको छ । यस प्रतियोगितामा नेपाली समुदायका विभिन्न संघ संस्था र क्लब गरी पुरुष तर्फ़ १० वटा टिम सहभागिता रहने भएको छ ।

यो खेल यही अगामी १२ तारिक सोनसभांगमा बिहान निर्धारित समय बिहान ०९:०० बजे देखी सुरु हुने बारे महामन्त्री रमेश सुबेदीले टिम बॉड फाड़को तालिका निर्धारण गर्ने क्रममा प्रस्तुत गरे । उक्त प्रतियोगितामा एन आर एन ए , जेएस एस , ओएनएफ़, नेपोस, मगर संघ ग्रिन, मगर संघ ह्वाइट , एभरेस्ट एड्रिसलॉग , नेपालय क्लव, हिमालय स्पाईकर नर्बे र एनएस आईडी टिम ड्रामेन सहित १० टिमले प्रतिस्पर्धा गर्दै छन भने महिला तर्फ़को टिम रजिस्ट्रेशन जारी रहेको आयोजकले जनाएको छ ।

सम्पूर्ण नेपाली दाजु भाई दीदी बहिनी को सहयोगले यो प्रतियोगिताले पूर्ण सफलता प्राप्त गरेकोमा   ख़ुशी व्यक्त गरे । नर्बेको नेपाली जन समुदायमा धेरैको ध्यान खिच्न सफल यस भलिबल प्रतियोगिताले दशक पार गरेकोमा आयोजक कमिटीको तर्फ़ बाट धन्यबाद ज्ञापन गरे ।

समर सीजनको सदुपयोगको साथ धेरै संघ संस्थाको सहयोगले कार्यक्रम अझ भव्य, सभ्य र सफल हुनेमा विश्वस्त रहेको आयोजकले जनाएको छ । सो कार्यक्रममा सम्पूर्ण नेपाली जनसमुदाय लाई निमन्त्रणा गरिएको उक्त प्रतियोगितामा करिव ७०० जनाको उपस्थित रहने अनुमान गरिएको आयोजकले जनाएको छ ।