Dhulikhel Eco Banner new

दोहोरो अकंले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो

780
shares

काठमाडौं, १९ साउन । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २१.१५ अंकले घटेर २६६३.१८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ७ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सप्तकोशी विकास बैंक लिका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ११.६७ प्रतिशतका दरले गुमाएका छन् ।