Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

559
shares

काठमाडौं, १९ साउन । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २१.१५ अंकले घटेर २६६३.१८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ७ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले १०.०७ प्रतिशतका दरले कमाएका छन् भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले ५.२६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि हिमालयन ८०-२०का लगानीकर्ताले ४.६२ प्रतिशतका दरले कमाएका छन् भने छ्याङ्दी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.४४प्रतिशतका दरले कमाएका छन् ।