Dhulikhel Eco Banner new

माछापुच्छ्रे बैंक लुट्ने प्रयास

18.16K
shares

काठमाडौं, २५ असार । माछापुच्छ्रे बैंकको मोरङमा रहेको एक शाखा लुटेराहरुले फोड्ने प्रयास गरेका छन् । गत बिहीबार राति अज्ञात समूहले माछापुच्छ्रे बैंकको जहदा शाखा लुट्ने प्रयास गरेका छन् । मध्यरातमा बैंक शाखा पुगेका अज्ञात समूहले बैंकको पछाडिको ढोका फुटाएको बैंकका सूचना अधिकारी सुनिल खतिवडाले जानकारी दिए ।

उनका अनुसार बैंकको ढोकामा क्षति पुगेको छ । अन्य ठाउँमा भने कुनै क्षति नभएको उनले जानकारी दिए । खतिवडाका अुनसार लुटेराको समूहले ढोका फोडेर भित्र पस्न खोज्दै गर्दा बैंकका सुरक्षा गार्डले थाहाँ पाएका थिए ।

गार्डले लुटेरा आएको भन्दै होहल्ला गरेपछि उनीहरु फरार भएको उनले बताए । ‘गार्डले थाहाँ पाउने वित्तिकै प्रहरीलाई पनि खबर गरेछन्, होहल्ला गरेपछि उनीहरु भागे’ खतिवडाले भने । मोरङ प्रहरीले लुटेराहरु २ जना मात्रै भित्र प्रवेश गर्न खोजेको बताएको छ ।

बैंकले भने कति जनाको समूह थियो भन्ने विषयमा जानकारी हुन नसकेको बताएको छ । मोरङ प्रहरीले घटनाका विषयमा अनुसन्धान भइरहेको र बैंक लुट्न खोज्नेको खोजी भइरहेको समेत बताएको छ ।

शाखा लुट्ने प्रयास भएपछि प्रहरीले त्यसक्षेत्रमा सुरक्षा पनि बढाएको छ ।