रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक
वि.सं.२०८३ साउन २६ मंगलवार १०:१०
shares

काठमाडौं, २६ साउन । विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले आकर्षक डिजाइन, आधुनिक स्वास्थ्य निगरानी सुविधा र लामो समयसम्म चल्ने ब्याट्रीसहित रेड्मी वाच–६ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीले सिरिजअन्तर्गत रेड्मी वाच–६, रेड्मी वाच–६ लाइट र रेड्मी वाच–६ एक्टिभ गरी तीन मोडल बजारमा ल्याएको हो।
सिरिजको प्रमुख मोडल रेड्मी वाच–६ मा २.०७ इन्चको एमोलेड डिस्प्ले रहेको छ। यसको अधिकतम चमक २,००० निट्ससम्म पुग्ने कम्पनीले जनाएको छ। प्रिमियम आल्मुनियम एलोय फ्रेममा तयार गरिएको यस स्मार्टवाचमा सामान्य प्रयोगमा २४ दिनसम्म चल्ने ब्याट्री दिइएको छ।
रेड्मी वाच–६ मा विभिन्न स्वास्थ्य निगरानी सुविधा, डुअल जीपीएस तथा दुईवटा भौतिक बटनमार्फत सहज सञ्चालन गर्न सकिने सुविधा रहेको छ। त्यस्तै, ५ एटीएम पानी प्रतिरोधी क्षमताका कारण यो पानीको सम्पर्कमा आउँदा पनि सुरक्षित रहने कम्पनीको दाबी छ।
रेड्मी वाच–६ लाइटमा १५० भन्दा बढी स्पोर्ट्स मोड
सिरिजअन्तर्गतको रेड्मी वाच–६ लाइट मा १.९६ इन्चको एमोलेड डिस्प्ले रहेको छ, जसको अधिकतम चमक १,५०० निट्ससम्म पुग्छ। ५ एटीएम पानी प्रतिरोधी क्षमता रहेको यस मोडलमा ब्लुटुथ कलिङ, १५० भन्दा बढी खेलकुद मोड, विभिन्न स्याटेलाइट प्रणालीमा आधारित स्थान पहिचान तथा व्यावसायिक पौडी मोडलगायतका सुविधा छन्।
यसमा ९ प्रकारका गति मापन गर्ने सेन्सरका साथै मुटुको धड्कन, प्रकाश र एक्सेलेरेसन मापन गर्ने सेन्सरहरू रहेका छन्। ४७० एमएएच क्षमताको ब्याट्रीले सामान्य प्रयोगमा १८ दिनसम्म ब्याकअप दिने कम्पनीले जनाएको छ।
रेड्मी वाच–६ एक्टिभमा हल्का र पातलो डिजाइनरेड्मी वाच–६ एक्टिभ मा १.८५ इन्चको एमोलेड डिस्प्ले रहेको छ। यसको अधिकतम चमक १,२०० निट्ससम्म पुग्छ। आईपी६८ धुलो तथा पानी प्रतिरोधी क्षमतासहित आएको यो मोडल दैनिक प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ।
९.९ मिलिमिटरको पातलो तथा हलुका फ्ल्याट–एज डिजाइन र सजिलै फेर्न मिल्ने स्ट्र्यापका कारण यो लगाउन आरामदायी रहेको बताइएको छ। यसमा ब्लुटुथ कलिङका साथै दिनभर मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा र तनावको निगरानी गर्ने सुविधा उपलब्ध छ। सामान्य प्रयोगमा यसको ब्याट्री १८ दिनसम्म चल्ने कम्पनीको दाबी छ।
मूल्य र उपलब्धतानेपालमा रेड्मी वाच–६ ग्लेसियर ब्लु, अब्सिडियन ब्ल्याक र सिल्भर ग्रे रङमा उपलब्ध हुनेछ। यसको मूल्य रु. २०,४९९ तोकिएको छ।
त्यस्तै, रेड्मी वाच–६ लाइट ब्ल्याक र स्टिल ग्रे रङमा उपलब्ध छ, जसको मूल्य रु.१४,९९९ रहेको छ।रेड्मी वाच–६ एक्टिभ भने मिडनाइट ब्ल्याक, म्याट सिल्भर र सनसेट ओरेन्ज रङमा उपलब्ध छ। यसको मूल्य रु.१०,९९९ तोकिएको कम्पनीले जनाएको छ।















