Dhulikhel Eco Banner new

एकैदिन तोलामा ६ हजार ४ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

312
shares

काठमाडौं, २६ साउन । स्थानीय बजारमा मंगलबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ६ हजार ४ सयले बढेको छ।

महासंघका अनुसार सुन सोमबार प्रतितोला ३ लाख १ हजार ५ सयमा कारोबार भएको सुन मंगलबार बढेर प्रतितोला ३ लाख ७ हजार ९ सयमा कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य १ सय १० रुपैयाँले बढेको छ । सोमबार ४ हजार ६ सय ७० मा कायम भएको चाँदी बढेर सोमंबार ४ हजार ७ सय ८० मा कायम भएको हो ।