बाढीपीडितका लागि चीनको ३० करोड सहयोग, राजदूतले अर्थमन्त्रीलाई हस्तान्तरण गरे चेक
वि.सं.२०८३ भदौ १५ सोमवार १०:३७
shares

काठमाडौँ, १५ भदौ । चीन सरकारले नेपाललाई ३० करोड सहयोग गरेको छ । बाढी पीडितका लागि चीनले ३० करोड नगदै सरकारलाई हस्तान्तरण गरेको हो ।
आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले ३० करोड नेपाली रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद पनि हस्तान्तरण गरेका छन् ।
चीनले अन्य सहायता सामग्री पनि नेपाललाई उपलब्ध गराएको छ । आइतबार मात्रै दुई वटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौं आइपुगेको छ ।


















