Dhulikhel Eco Banner new

बाढीबीच कृषि विकास बैंकको डेढ करोड नगद र ५० लाखको सुन सुरक्षित

364
shares

काठमाडौं, १५  भदौ । बाढीका कारण क्षतिग्रस्त बनेको कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट नेपाल प्रहरीले करोडौं रुपैयाँ बराबरको नगद तथा सुन सुरक्षित स्थानमा सारेको छ।

प्रहरीका अनुसार आइतबार करिब आठ घण्टासम्म निरन्तर प्रयास गरेर बैंकभित्र रहेको डेढ करोड रुपैयाँ नगद र अनुमानित ५० लाख रुपैयाँ बराबरको सुन सुरक्षित रूपमा बाहिर निकालिएको हो।

बाढीले बैंक भवनमा क्षति पुर्‍याएपछि जोखिमपूर्ण अवस्थामा रहेको नगद तथा जिन्सी सुरक्षित गर्न प्रहरीले उद्धार अभियान सञ्चालन गरेको थियो। सो क्रममा बैंकका केही महत्वपूर्ण कागजातसमेत सुरक्षित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बैंकभित्रको अवस्था जोखिमपूर्ण रहेकाले सुरक्षाकर्मीले सावधानी अपनाउँदै नगद, सुन तथा अन्य महत्वपूर्ण सामग्री बाहिर निकालेका थिए। लामो प्रयासपछि बैंकमा रहेको महत्वपूर्ण सम्पत्ति सुरक्षित स्थानमा सार्न सफल भएको प्रहरीले जनाएको छ।