Dhulikhel Eco Banner new

अमेरिकाले इरानमाथि फेरि ग¥यो हमला

299
shares

काठमाडौँ, १५ भदौ । अमेरिकाले इरानमाथि फेरि हमला गरेको छ । अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुई सैन्य अखडालाई निशाना बनाएर हमला गरेको हो ।

इरानी रिभोलुसनरी गाड्र्स (आईआरजीसी)ले होर्मुज जलघाँटीमा समुद्री बारुदी सुरुङ राख्ने र रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि कारबाही गरिएको बताएका छन्। आईआरजीसीले आइतबारको अमेरिकी हमलामा धेरै मानिस मारिएको र घाइते भएको जनाएको छ। त्यसपछि इरानी सरकारी सञ्चारमाध्यमले आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामाथि हमला गरेको दाबी गरेका छन्।

आईआरजीसीको दाबीपछि जोर्डनको सेनाले आफ्नो वायु रक्षा प्रणालीले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठवटा क्षेप्यास्त्र खसालेको जनाएको छ।