Dhulikhel Eco Banner new

साना किसान लघुवित्तको सञ्चालकमा थापा नियुक्त

5.21K
shares

काठमाडौं, २७ असार । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बाबुकाजी थापा नियुक्त भएका छन् ।

यसअघि सस्थापक शेयरधनी समूहतर्फबाट संचालक पदमा कृषि विकास बैंक लगायत वाणिज्य प्रतिनिधित्व गर्ने बैंकहरु मध्येबाट प्रतिनिधित्व गर्ने संचालक प्रताप सुवेदीको स्थानमा संस्थापक शेयरधनी कृषि विकास बैंकको असार २३ गतेको पत्रबाट बाबुकाजी थापालाई मनोनयन गरी पठाएकोमा कम्पनीले संचालक पदमा उनलाई चयन गरेको हो ।

कम्पनीको संचालक समितिको असार २६ गते बसेको बैठकले सुवेदीको सट्टामा थापालाई संस्थापक शेयरधी समूह–क तर्फबाट संचालक पदमा आजकै मितिदेखि लागू हुनेगरी नियुक्त गरेको कम्पनीले नेप्से मार्फत जानकारी गराएको छ ।