रिलायन्स लाइफ इन्स्योरेन्सका सञ्चालकहरुको कार्यकाल थप
वि.सं.२०७९ असार २७ सोमवार १४:११
4.26K
shares
shares

काठमाडौं, २७ असार । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालकहरूको कार्यकाल थप भएको छ ।
सञ्चालकहरूको कार्यकाल यही असार ३० गते सकिन लागेपछि कम्पनीको असार २३ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ सञ्चालकहरूलाई कार्यभार हस्तान्तरण नगरुञ्जेलसम्मका लागि अध्यक्ष ताराचन्द केडिया र सञ्चालकहरू भरतकुमार तोदी, जगदीशकुमार अग्रवाल र अमितकुमार बेगानीको कार्यकाल थप गरेको नेप्सेमार्फत जानकारी दिइएको छ ।
यी चारजना सञ्चालक २०७५ असार ३१ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाबाट निर्वाचित भएका थिए ।















