Dhulikhel Eco Banner new

मुक्तिनाथ विकास बैंकद्वारा सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रिया अगाडि बढ्यो, प्रारम्भिक सम्झौतामा हस्ताक्षर

468
shares

कारोबार विस्तारलाई प्राथमिकता दिँदै आएको मुक्तिनाथ विकास बैंक लिमिटेडले सिन्धु विकास बैंकलाई आफ्नो स्वामित्वमा गाभ्ने (एक्विजिसन) औपचारिक प्रक्रिया थालेको छ। दुवै संस्थाबीच भएको आन्तरिक सहमति अनुसार यससम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ।

मुक्तिनाथ विकास बैंकको गत भदौ १९ गते बिहान ११ बजे बसेको ३८५औँ सञ्चालक समिति बैठकले सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने विशेष निर्णय गरेको हो। सोही दिन दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गर्दै एकतापछि बन्ने संस्थागत स्वरूपको आधार तय गरेका छन्।

यो समझदारीसँगै अब दुवै बैंकले नियमनकारी निकायहरूको स्वीकृति लिँदै आगामी दिनमा एकीकृत वित्तीय कारोबार सञ्चालनका लागि आवश्यक प्रक्रियाहरू अगाडि बढाउनेछन्। यस प्राप्तीले मुक्तिनाथ विकास बैंकको कार्यक्षेत्र र बजार हिस्सालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।