Dhulikhel Eco Banner new

सबैको लघुवित्त वित्तीय संस्थाद्वारा प्रतिक्षालय निर्माण

5.95K
shares

काठमाडौं, २७ असार । तनहुँ जिल्ला बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा प्रतिक्षालय निर्माण गरेको छ ।

असार २४ गते लमजुङ जिल्ला बेसीशहर नगरपालिका वडा नं. १ उदिपुर स्थित उदिपुर कालिकामाई मन्दिर परिसरमा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण गरिएको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले जानकारी गराएका थिए ।

कार्यक्रमको अध्यक्षता उदिपुर कालिकामाई मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष श्री बिष्णु प्रसाद अधिकारीले गरेका थिए ।

भने सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  केशव कुमार पौडेल, बेसीशहर नगरपालिका वडा नं. १ का वडाध्यक्ष दुर्गा बहादुर बूढाथोकी, कार्यपालिकाका सदस्य बिमला अधिकारी, स्थानीय बुद्धिजिवि तथा नेपाली कांग्रेस बेसीशहर नगरपालिकाका सभापति  शरण हरि जोशी, पूर्व वडाध्यक्ष बलराम श्रेष्ठको आतित्थमा कार्यक्रम सञ्चालन भएको थियो ।

उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत  केशव कुमार पौडेलले आफ्नो अमूल्य मन्तब्यका क्रममा संस्थाले विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्नुका साथसाथै सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सहयोग उपलब्ध गराउँदै आई रहेको जानकारी गराएका थिए ।

त्यसै गरी वडाध्यक्ष दुर्गा बहादुर बूढाथोकीले यस मन्दिरले ऐतिहासिक महत्व बोकेको चर्चा गर्दै मन्दिरलाई सुब्यवस्थित तरिकाले ब्यवस्थापन गर्नु पर्ने चर्चा गरेका थिए । स्थानीय बुद्धिजिवि तथा पूर्व वडाध्यक्ष बलराम श्रेष्ठले सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले यस मन्दिर परिसरमा प्रतिक्षालय निर्माण गरी सहयोग गरी दिएकोमा धन्यवादज्ञापन गरेका थिए ।

कार्यक्रमको अन्तिमतिर सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री केशब कुमार पौडेलले उदिपुर कालिकामाई मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष  विष्णु प्रसाद अधिकारीलाई प्रतिक्षालय तथा चेक हस्तारण गरेका थिए । त्यसै गरी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद अधिकारीले संस्थाका प्रमुख कार्यकारी अधिकृत  केशव कुमार पौडेललाई कदर पत्र प्रदान गरेका थिए । कार्यक्रम सञ्चालन विष्णु प्रसाद अधिकारीले गरेका थिए ।

यो सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका कार्यक्रम तथा सहयोग उपलब्ध गराउँदै आई रहेकोछ ।

यस संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरु स्थापना गरी सदस्यहरुलाई आवश्यकतानुसार लगानी गर्दै आई रहेको छ । संस्थाले २०७९ आषाढ २४ गतेसम्ममा ७४ हजार ७५५ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७९ आषाढ २४ गतेसम्ममा लगानीमा रहेको कर्जा रु. ४ अरब ४१ करोड रहेको छ भने ग्राहक सदस्यहरुको रु. १ अरब ३२ करोड बचत परिचालन गरेको छ ।