Dhulikhel Eco Banner new

भोटेकोशी बाढीपीडितका लागि हिमालयन लघुवित्तले दियो ५ लाख

949
shares

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति संस्थाले गहिरो दुःख व्यक्त गरेको छ । संस्थाले विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बाढी तथा पहिरोका कारण आफन्तजनसँग सम्पर्कविहीन हुन पुगेका सर्वसाधारणसँगै सरकारी तथा विभिन्न संस्थामा कार्यरत कर्मचारी र उनीहरूका परिवारले भोग्नुपरेको कठिन अवस्थाप्रति पनि संस्थाले सहानुभूति व्यक्त गरेको छ ।

विपद्को यस कठिन समयमा निरन्तर उद्धार तथा राहत कार्यमा खटिरहेका सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा स्वयंसेवकहरूप्रति हिमालयन लघुवित्तले आभार व्यक्त गरेको छ ।

संस्थाले विपद्बाट प्रभावित समुदायसँग यस कठिन घडीमा निरन्तर साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।