बोर्डले ब्रोकर सिध्याउन लाग्यो : स्टक ब्रोकर एसोसिएसन
वि.सं.२०७९ असार २७ सोमवार १६:५७
shares

काठमाडौं, २७ असार । धितोपत्र बोर्ड ब्रोकर सिध्याउन लागेको स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अरोप लगाएको छ । एसोसिएसनले सोमबार बोर्डलाई ज्ञापनपत्र बुझाउँदै धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संसोधन गर्ने निर्णय अर्थमन्त्रालयमा पठाउँदा आफुसंग कुनै समन्वय नगरेको भन्दै आक्रोस पोखेको हो ।
ब्रोकहरुलाई सहज बनाउने भन्दा पनि बोर्ड नेतृत्वले सस्तो लोकप्रियताका लागि मात्रै यस्तो निर्णय गरेको एसोसिएसनले आरोप लगाएको छ । यस्तो कार्यले पुराना ब्रोकर कम्पनी सिध्याउन खोजेको आरोप लगाएको छ ।
एसोसिएसनले सोमबार बोर्डमा ज्ञापनपत्र बुझाउँदै अर्थमन्त्रालयमा बिचाराधिन रहेको मस्यौदामा व्यवसायीहरुको पनि राय सुझाव समेटिनेगरी पुनः छलफल चलाउन आवश्यक रहेको सुझाव रहेको जनाएको छ । एसोसिएसनले धितोपत्र बोर्डमा नै फिर्ता ल्याइ गहन अध्ययन गराइ तथ्य तथा सबै सम्बन्धित पक्षको राय सुझावका आधारमा अघि बढ्न अनुरोध गरिएको छ ।
आधारहिन अध्ययनका आधारमा ब्यक्तिगत सस्तो लोकप्रियताका लागि गरिएको संसोधन प्रस्तावले हाल संचालनमा रहेका व्यव्सायीहरुलाई व्यवसाय छोडन बाध्य पार्ने, अन्य उत्पादनमुलक क्षेत्रमा पुँजीको कमी भइरहेको अवस्थामा सिमित सम्भावना रहेको धितोपत्र दलाल व्यवसायमा अधिक पुँजी लगानी गर्न हौस्याइ यसमा गरिएको जनताको लगानीलाई जोखिममा पार्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ ।













